काठमाडौं । चुनाव बहिष्कार गरेका र केही ठाउँमा बम राखेर पनि चुनाव बिथोल्न नसकेका नेत्रविक्रम चन्द विप्लवले भनेका छन्– मुलुकका लागि संघीयताको औचित्य छैन, यसलाई खारेज गर्नुपर्छ ।
नेकपाका महासचिव विप्लवले यो कुरा कपिलवस्तुबाट बताएका हुन् । उनको तर्क छ– संघीयता जनताका लागि होइन, नेता व्यवस्थापन गर्न मात्र हो । उनले निर्वाचन परिणामले दलहरूको औचित्य नभएको समेत प्रष्ट भएको छ । राज्य आर्थिक संकटमा छ, विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्नेछ । आफ्नो क्रान्ति मान्छे मार्ने होइन, वैज्ञानिक समाजवादका लागि भएको अर्थमा बुझ्न अनुरोध गरेका छन् ।