Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेतालाई डलर तालिम

१९ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । चुनावबाट विजयी भएका सांसदहरूलाई ५० लाख डलर विदेशीसँग सहयोग लिएर ‘पढाइने’ भएको छ ।
चुनावमा आधाखर्ब खर्च गर्ने सरकारले, करोडौं खर्च गरेर चुनाव जित्ने जितुवाहरूले सुरू दिनमै विदेशी डलरको खान्की खाएर डकार्ने अवसर पाउने भएका छन् । सरकारले यसका लागि विदेशी गुहारेको छ ।
विदेशीले ‘प्रशिक्षण’का लागि डलर दिने पेचकस गर्नु र गठबन्धन सरकारले ¥याल चुहाउनु भनेको नवनिर्वाचित संसद विदेशी प्रभावमा राख्ने चालबाजी हो भनेर केही विश्लेषकहरूले आलोचना गरेका छन् । तर आलोचना सुन्ने गठबन्धन सरकारलाई समय छैन, गठबन्धन सरकार सत्ताको लेनदेन मिलाउन र सत्ता र शक्ति जसरी पनि हत्याउने दाउपेचमा लागिरहेकै छ ।
ठूला र शीर्ष भनिएका नेताहरूको यस्तै कुकृत्यले राष्ट्रमाथि बाह्य हस्तक्षेपको निरन्तरता बढ्दै गएको कहिले बुझ्ने ?