Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

जायज मागलाई तुरुन्त सम्बोधन गर

१३ बुधबार , आश्विन २०७२११ बर्ष अगाडि

काठमाडौं, असोज । नेपाल परिवार दलले नेपालको भौगोलिक अखण्डता, सावभौमसत्ता ,स्वतन्त्रतालाई अक्षुण राख्र्दैे आन्दोलनरत दलहरुको जायज मागलाई तुरुन्त सम्बोधन गर्न तीन ठूला दललाई आग्रह गरेको छ । दलले भारतले अघोषित रुपमा नेपालमाथी गरेको नाकाबन्दीको आज प्रेस विज्ञप्ति जारी गर्दै चर्को विरोध जनाएको छ ।

देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न आग्रह गर्दै नयाँ संविधानको घोषणासँगै असहज परिस्थिति सिर्जना भई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा बाधा व्यवधान आई देशभरि नै र खासगरी दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने निम्नवर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्न गएकोमा दलले सबै नेपालीहरुलाई संयमित हुन आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरेका छ । साथै भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सरकारले चीनसँग औपचारिक रुपमा आग्रह गर्न सरकारलाई अनुरोध गरेको विज्ञप्तिमा भनिएको छ । देशको असहज परिस्थतीको अन्त्यगर्न नेपाल सरकारले चीन लगायत अन्य छिमेकी मूलुकसँग सहयोगको आग्रह गनुपर्नेमा समेत जोड दिएपने आवश्यकता औंल्याएकोछ ।