Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

अंगीकृतको माग मधेशको होइन भारतको हो

१२ मंगलबार , आश्विन २०७२१० बर्ष अगाडि

शिवप्रसाद सिग्देल
    मधेशवादी नेता र तिनका प्रवक्ता सञ्चारकर्मीहरुले भनेका छन् अंगीकृत नागरिकले पनि राष्ट्रपति, प्रधानमन्त्रीजस्ता उच्च पदमा जान पाउनुपर्छ भन्ने माग मधेशी समुदायको होइन। त्यसोभए भारतका नाममा भारतीय सञ्चारमा आएका त्यस्ता सशर्तहरु भारतकैमात्र हो त? भारतलाई थाहा छ– विश्व मान्यता र परम्परा। तथापि फिजीमा भारतले अनेक राजनीतिक उपद्रव मच्चाएको हो र टि्रनिटाडमा पनि फिजीको जस्तै आफ्नो हालीमुहाली अड्डा जमाउने प्रयत्न गरिरहेको छ। तर, नेपालमा त्यस्त सम्भव छैन। नेपालको भूबनोट र सामरिक रणनीतिक क्षेत्र भएकाले र आर्थिक र विश्वशक्तिसमेत बनेको चीनको सीमामा जोडिएकाले पनि नेपालमाथि भारतले आफ्ना अंगीकृत नयाा नागरिकहरुलाई नेपालको गद्दीमा फिजीमा जसरी बसाल्न मुस्किल छ। त्यसमाथि नेपाल विश्वजगतसाग टाासिएर बसेकाले पनि भारतले मनमानी गर्न मुस्किल छ। यद्यपि हाम्रा नेताहरुमा दिल्लीदौड लगाउने, लम्पसार पर्ने पुरानो रोग छ। मुखले जतिसुकै राष्ट्रवाद बगारे पनि अन्ततः दिल्लीको बासमती चामलको बासीभात नै हाम्रा नेतालाई मनपर्ने गरेको छ।
शौरभले बोले– भारतलाई घुाडा टेकाउने बेला यही हो। मेरो मान्यता छ– भारतलाई घुाडा टेकाउने होइन, नेपाली स्वाभिमान जगाउने र स्वतन्त्रताको रक्षा गर्ने बेला हो यो। नयाा संविधानले पनि यही उद्देश्य प्रकट गरेको छ। संविधान जारी गर्ने ठूला दलहरुले आफूलाई भारतभन्दा ठूलो होइन, सबल परराष्ट्रनीति अख्तियार गरेर कूटनीतिक माध्यमबाट भारत र चीनसाग सम्बन्ध सुधार गर्नुपर्छ। तिक्ततापूर्ण भाषणले कूटनीतिक सम्बन्ध कदापि बलियो हुनसक्दैन। न त साइकल राजनीतिले नेपालको अर्थतन्त्र जिवन्त हुनसक्छ। हलुका कुरा गर्न नेताहरुले छाड्नुपर्छ। जब अंगीकृत मधेशी आन्दोलनको मुद्दा नै होइन भने पहिचान र अन्य समस्याको विषयमा वार्ता गर्न छाडेर अंगीकृतको हल्लाखल्ला किन भइरहेको छ?