Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जित्ने क्षेत्रमा पुरूष, समानुपातिकमा व्यापारी

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

चुनावमा उम्मेदवार जित्ने क्षेत्रमा पुरूष, समानुपातिकमा व्यापारी र आफन्त  ।
यो कटुसत्य बोलेकी छिन् जयपुरी घर्तीले । माओवादी नामचलेकी नेतृ जयपुरी घर्तीले उकालो समाचारमा भनेकी छिन्– अहिले राजनीतिक विचारभन्दा पनि पैसा र पदको मात्रै हिसाब छ सर्वत्र । हाम्रो पार्टीमा पनि त्यो छिरेझैँ लाग्छ । कसरी आफ्ना मान्छे ‘ठाउँ’मा पु¥याउने, कसरी सम्पत्ति हडप्ने र पदमा पुग्नेजस्ता कुरामा सबैजसो पार्टीहरू लागेका कारण तिनका विचार र सिद्धान्त कमजोर हुँदै गए । त्यसो भएपछि स्वतः वैचारिक प्रशिक्षणलाई बेवास्ता गर्न थालियो । सिंगो राज्यलाई सम्मुन्नत र न्यायपूर्ण कसरी बनाउने भन्ने चिन्तन हामीमा भएको भए पार्टीमा विचार र प्रशिक्षणहरू नियमित हुन्थ्यो होला । त्यसअनुसार पार्टी अघि पनि बढ्थ्यो होला । तर वर्षौंसम्म पार्टी बनाउन लागेकाहरूलाई भन्दा पैसा बुझाउने ‘नयाँ जोगी’हरूलाई पद बाँड्न थालियो । यसले हाम्रो आन्दोलन र राजनीति नै गलत ठाउँमा जाँदैछ । यसले न राष्ट्रियताको संरक्षण गर्छ, न त हाम्रो विचार, सिद्धान्त र जनहितको नै । यस्तो सोच र अभ्यास नबदलेसम्म न्यायपूर्ण परिवर्तन हुँदैन ।