Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुस्ताङ जहा लाश पोलिन्न

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

पदम हमाल- - 
कतै चौंरीको आलो रगत बेचिन्छ, पिउनेहरूको लाम लाग्छ । यार्सागुम्वा खाएका चौंरीको रगत पिउनाले हरेक रोगव्याधि निको हुन्छ भनने विश्वास राखिन्छ । कतै मान्छे मरेपछि पोल्ने दाउरासमेत पाइन्न र गिद्धका आहाराका लागि फाल्ने प्रचलन छ । नेपालको संस्कार र संस्कृति, धर्मजाति र परम्परा अनेक विशेषताले भरिपूर्ण छ । खासमा विविधि जातिपाति भएकाले पनि नेपालीपनमा विविधिता स्थापित भएको हुनुपर्छ । हिमाल चिसो छ, पहाड मिश्रिमत छ, तराई गर्मी छ । तर सबै क्ष्ँेत्रबासी मिलेर बसेका छन् ।
मुस्ताङमा अहिले पनि मान्छेको अन्त्येष्ठी गिद्धलाई शव ख्वाएर गरिन्छ । यो उपल्लो मुस्ताङ्को बास्तविकता हो । यो परम्परा पनि हो र बाध्यता पनि । लोमान्थाङकी गाउ“पालिका प्रमुख भन्छिन्– यो परम्परा बिस्तारै लोप हु“दै गएको छ । यद्यपि उपल्लो मुस्ताङमा कायमै छ । ज्यादा चिसो भएका क्षेत्र भएकाले पनि शव गिद्धलाई खुवाउने गरिएको हो 
उपल्लो मुस्तामा विष्ट थकाली गुरूङ र विश्वकर्मा जातिको बसोबास छ । जसको मृत्य भए पनि लामा गुरूले कुण्डली हेर्छन् र उसको अन्तिम संस्कार विधि पनि तोकिदिन्छन् । कसैलाई जलाउनु, कसैलाई बगाउनु, कसैलाई गाड्नु र कसैलाई गिद्धलाई खुवाउनु भन्ने गुरूको आदेश हुन्छ । मान्छेको शवलाई टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउनु सबैभन्दा उत्तम भन्ने विश्वास धेरैको पाइन्छ । यो परम्परागत सोचबाट प्रेरित देखिन्छ ।
गिद्धले शव खाएर बिस्ट्याएपछि वरत्र र परत्र राम्रो, कुलवंश फैलिने धार्मिक विश्वास पनि धेरैको छ । खासगरेर हिमाली क्षेत्रमा दाउराको अभावका कारणले समेत गिद्धलाई शव ख्वाउने गरिएको धेरैले बताएका छन् । यसबारेमा संस्कृतिविदका अनेक विचार छन् ।
बिस्तारै गिद्ध लोभ हु“दै गएकाले गाड्ने प्रचलन बढेर गएको छ । यतिबेला नदीमा शव बगाउने प्रचलन बढेर गएको छ । जेहोस्, मुस्ताङ त्यसै पनि आकर्षणको केन्द्र हो । उत्तर दक्षिण र पश्चिमाहरू सैनिक रणनीतिका कारणले पनि मुस्ताङ आवत जावत गरिरहन्छन् । मुस्ताङको जाति र तिनको संस्कार, धर्मकर्म र संस्कृतिको विविधिता पनि अनेक रहेका छन् । त्यसमाथि मान्छे मरेपछि कस्तो संस्कार गरिने भन्ने विषय पनि धेरैले जान्न चाहिरहेको देखिन्छ । यसबारेमा पुरातत्व विभागले अनुसन्धान गराउनु उचित हुनेछ ।