Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रेस काउन्सिलको भव्य बिर्सिनसक्नुको वार्षिकोत्सव

११ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

असोज ६ गते। प्रेस काउन्सिल नेपालको ४६ औं बार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ। प्रधानन्यायधीश कल्याण श्रेष्ठ प्रमुख अतिथि रहेको यो कार्यक्रम संविधान घोषणा भएपछिको पहिलो महत्वपूर्ण कार्यक्रम पनि हो। कार्यक्रम सञ्चालक किशोर श्रेष्ठको प्रस्तुति आफैमा रोचक र घोचक थियो। सिक्ने पत्रकारहरुका लागि किशोर श्रेष्ठले धेरै संकेत र सन्देशहरु दिएका थिए। कार्यक्रममा ठूला तीन पार्टीका प्रतिनिधिहरु सहभागी थिए। काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले कार्यक्रमको अध्यक्षता गरेका थिए। र, त्यही कार्यक्रममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान अस्थिपञ्जरजस्तो छ, यसमा नशा, मासु, रगत भर्ने काम सबैले मिलेर गर्नुपर्छ, मलजल गर्ने जिम्मेवारी सबैको हो भने। संविधानको आलोचना गर्न पनि प्रधानन्यायधीश चुकेनन्। यो खर्चालु छ, धनी र सम्पन्न मुलुकमा सुहाउने संविधान हो भन्दै संविधानको कार्यान्वयनमा लाभ र लाभाहरु भोग्नसक्ने विन्दुमा कामहरु गर्नुपर्ने उनको तर्क थियो। कार्यक्रममा सञ्चारमन्त्री मीनेन्द्र रिजाल ढिलो आए तर महत्वपूर्ण कुरा अघिसार्दै भने– पत्रकारिता समाजको पक्षमा हुनुपर्छ भन्दै प्रभावकारी पत्रकारितामा लाग्न आग्रह गर्छु। एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानकै कुरा गरे, भारतले समर्थन र सहयोग नगरेकोमा गुनासो पोखे अनि संविधान कार्यान्वयनमा सफल सावित गर्न प्रेस जगतको भूमिका हुनुपर्नेमा जोड दिए। अहिले संविधान नआएको भए कहिल्यै नआउने थियो भन्ने त्रासदी पनि देखाए उनले। संविधानले सबैलाई समेटेको दावी पनि गरे।
एमाओवादीले अग्नि सापकोटालाई खटाएको रहेछ। सापकोटाले संविधानको घोषणा भयो, चुनौति धेरै छन्, सबैले एकतावद्ध भएर चुनौति सामना गर्नुपर्ने बताए। र, अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल नेालसमग्रह आमसञ्चार क्षेत्रको नियमनकारी निकाय भएकाले सबैको समस्या बुझेको बताए र सबैको सहयोग पाएकोमा धन्यवाद पनि दिए। यसपटकको वार्षिकोत्सव विशेष थियो काउन्सिलको। किनभने पहिलो पुस्ताका इन्द्रकान्त मिश्र, पन्नालाल गुप्ता, हिरण्यलाल श्रेष्ठ, प्रेमकुमारी पन्त, कमल कोइराला, बारबरा एडम्स, कृष्णा ताम्राकार,राजेश्वर नेपाली, शिशुप्रसाद देवकोटा र अमृता लम्साललाई हार्दिक सम्मान गरेको थियो। यो सम्मान अवश्मरणीय सम्मानको रुपमा लिइएको छ।
त्यसैगरी काउन्सिलले क्रियाशील पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल, रत्न आचार्य, दुर्गा अधिकारी, टंक कुवर र शिवलाल यादवलाई सुशोभित गरेको छ भने प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार मुकेशचन्द्र राजभण्डारी, शत्रुघन नेपाल, राजबहादुर कुवर, वासु क्षितिज तथा प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार अमन कोइराला, लक्ष्मण खड्का र योगेश पोखरेललाई प्रदान गरेको छ। समावेशी पत्रकारिता पुरस्कार पाउनेहरुमा त्रिभुवन पौडेल, विजयसन्तोषी राई, सुनिता रेग्मी, दिनेश यादव, नेपोलियन चेपाङ र भारती चौधरी रहेका छन्।
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी विधामा अरुण बराल, प्रेमचन्द्र झा, मोहम्मद हारुन र सत्यनारायण चौधरीलाई र महिला सशक्तिकरण पत्रकारिता पुरस्काबाट शुभेच्छाविन्दु तुलाधर, मधु शाही, माला कर्ण र कल्पना आचार्यलाई पुरस्कृत गरियो। र, स्तम्भ लेखन विधामा शारदारमण नेपाल, चक्रपाणि नेपाल भारती पोखरेल र रामचन्द्र शर्मा सञ्जेल पुरस्कृत भए। भाषागत पत्रकारिता विधामा छारगोङमा मासिक, साहित्यिक पत्रकारितामा दायित्व द्वमासिक र दोभान त्रैमासिकलाई पुरस्कृत गरियो भने आचार संहिता पुरस्कार भने रेडियो नेपालले प्राप्त गर्‍यो। \u000aसबैभन्दा ठूलो धनराशीको गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कारका विजेता रहे कौशल चेम्जोङ लिम्बु। यो पुरस्कार एकलाख राशीको छ। यसै कार्यक्रममा प्रेस काउन्सिल नेपालमा लामो समय काम गर्ने मानबहादुर लामिछाने र बितरण सम्परीक्षण अधिकृत रामप्रसाद पोखरेललाई पनि सम्मानित गरिएको छ।