काठमाडौं । लोकतन्त्रका रोलमोडल नेता त दीपक मनाङ्गे पो निकिल्ए ।
मंसिर ४ को निर्वाचन आउन महिनादिन अघि नै सोज २६ गते निर्विरोध निर्वाचित भए दीपक । उनका विरूद्ध सत्ता गठबन्धन, प्रतिपक्षी, स्वतन्त्रहरू कसैले पनि उमेदवारी नै दिएनन् । राष्ट्रिय सहमतिको लोकतान्त्रिक नेता सावित भएका छन् दीपक मनाङ्े ।
यो परिणामले लोकतन्त्रको मजबुतीको सन्देश दिन्छ कि लोकतन्त्रको ओह्रालो यात्राको ? अचम्म त के छ भने प्रचण्ड चितवनबाट गोर्खा उक्लिएका छन्, कारण चुनाव जित्न । ओली, प्रम देउवा, झलनाथ खनाल, माधव नेपाल चुनाव जित्नका लागि अनेक दाउपेच लगाइरहेका छन् । बाबुराम भट्टराई त चुनावबाटै भागे, छोरीलाई अघि सारेका छन्, जिताउन प्रचण्डको सहारा लिन पुगेको देखियो । ०४६ सालदेखि नेता चुनाव भनेपछि थुर थुर कामिरहेका छन् । कतिपय ठूला नेता त समानुपातिकको संवैधानिक प्रावधान उल्लंघन गरेर त्यही कोटामा सुरक्षित भएका छन् । तर ‘गुण्डा नाइके’ भनेर बदनाम पात्रले निर्विरोध चुनाव जितिसक्यो ।
लोकतन्त्रमा दलीय प्रतिस्पर्धा हुनुपर्नेमा असैद्धान्तिक, अनीतिपूर्ण गठबन्धन गरिगरी चुनाव हुँदैछ । स्वस्थ प्रतिस्पर्धाको समेत धज्जी उठाइएको छ । फेरि पनि ठूला नेता भन्छन्– संविधान कार्यान्वयन भयो, लोकतन्त्र बलियो भयो ।