Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

भीम, भुसालभन्दा नजिक एकनाथ

३१ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

काठमाडौं । युनिफिकेसन चर्चको बरिष्ठ बोर्ड सदस्य मून फेमिलीपछिका शक्तिशाली व्यक्ति एकनाथ ढकाल हुन् भनेर प्रचार भइरहेका बेलामा एमालेले भिम रावल, घनश्याम भुसाललाई आउट गरेर यिनलाई समानुपातिक उमेदवार बनाएको खबरले एमाले तरङ्गितमात्र भएको छैन, मुनका विश्वासपात्र नेकपा स का अध्यक्ष माधव नेपालसमेत तीन छक्क परेका छन् । हुन त २०७४ पछि परिवार दलका अध्यक्ष एकनाथ ढकालले एमालेसँग सहकार्य गदै आएका थिए । यी तिनै एकनाथ हुन जसले मन्त्रालयमै इसाइ कम्युनिटीको बैठक गराएका थिए ।
स्रोत भन्छ– रघुजी पन्त पहिलो र एकनाथ ढकाल दोस्रो नम्बरमा छन् ।
गतवर्ष मंसिरमा भएको परिवार दलको महाधिवेशनमा दुई पार्टीबीच सहकार्य थप मजबुत भएको दावी थियो एमाले अध्यक्ष ओलीको । यिनलाई ओलीले नै शान्ति तथा पुनर्निर्माण मन्त्रि बनाएका थिए । अब यिनको चुस्त संगठन र अन्तराष्ट्रिय स्तरमा रहेको प्रभावशाली व्यक्तित्वले मंसिर ४ को चुनावमा ठूलै सहयोग गर्ने आँकलन गरिएको छ । ढकाल भन्छन्– एमालेको समानुपातिक दोस्रो दर्जामा नामांकन हुनुले बिगत ५ वर्षदेखिको सहकार्यले निरन्तरता पाएको छ । उनले आगामी निर्वाचनमा गठबन्धन बिरूद्ध सूर्य चिन्ह जिताउन लागिपर्ने बताए ।