Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

अपहरण वा शरीर बन्धक कसुर

३१ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल – -
– अपहरण वा शरीर बन्धक सम्बन्धि कसुर ः
(१) कसैले कसैलाई अपहरण गर्न वा गराउन हुदैन ।
(२) कसैले देहायको कुनै काम गरेमा निजको अपहरण गरेको मानिनेछः–
(क) कुनै ब्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नसालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै ब्यक्ति त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा 
(ख) कुनै ब्यक्तिलाई निजको मन्जुरी बिना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानामा नरहेको ब्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मन्जुरी बिना वा झुक्यानमा पारी जवर्जस्ति कुनै ठाउँमा लगेमा ।
– शरीर बन्धक लिन नहुने ः (१) कसैले कसैको शरीर बन्धक लिन हुदैन ।
(२) कसैले कुनै ब्यक्तिलाई निजको मन्जुरी बिना वा बालबालिका र होस ठेगान नभएको ब्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मन्जुरी बिना बल प्रयोग गरि वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरि, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरि वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिनेछ ।
(३) (२)मा  जुनसुकै कुरा लेखिएको भएता भएतापनी मासिक रूपमा अस्वस्थ ब्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मन्जुरी लिई असल नियतबाट सम्बन्धित ब्यक्तिको हितको लागि उपचार गर्ने क्रममा वा अन्य कुनै प्रयोजनका लागी कसैको निगरानी वा नियन्त्रणमा राखिएकोमा शरीर बन्धक लिएको मानिने छैन ।
– अपहरण वा शरीर बन्धक लिएमा हुने सजाय ः  कसैले ज्यान लिने,कुटपिट गरी चोट पुर्याउने, जवर्जस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्ने वा दास बनाउने वा इच्छा विरूद्ध जवर्जस्ती काममा लगाउने, बेश्याबृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, मुक्ति रकम लिने वा प्रचलित कानुन बमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उदेश्यले काम गरे वा गराएको भए सात बर्षदेखि दस बर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना र त्यस बाहेक अन्य उदेश्यले गरे वा गराएको भए तीन बर्षदेखि पाँच बर्षसम्म कैद र तिस हजारदेखि पचास हजार रूपैयाँ सम्म जरिवाना हुनेछ ।