Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

भारतविरुद्ध बिप्लव आक्रोश

११ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव घनघोर रिसाएका छन् भारतसँग। उनले नेपालमाथि अनावश्यक हस्तक्षेप गर्ने, नाकावन्दीगरेर हेपाह चरित्र देखाउने भनेर तत्काल नेपाली भूमिमा भारतीय नम्बर प्लेटको गाडी प्रवेश गर्न नदिने, भारतीय चलचित्र र च्यानललाई रोक लगाउने घोषणा गरेका छन्। विप्लव समूहले तत्काल बैकल्पिक आपूर्ति व्यवस्था मिलाउन र कालोबजारी गर्नेलाई दण्डित गर्न सरकारसँग माग पनि गरेको छ। नेपाली पक्षको अधिकारको बहानामा भारतीय पक्ष आफ्नो स्वार्थमा लागेकाले यसविरुद्ध संघर्ष गर्ने बताएको विप्लव माओवादीले के कस्तो संघर्ष गर्ने हो स्पष्ट छैन। यसैवीच असोज १० गते विप्लव माओवादीले भारतीय दूतावास घेराउ गरेर नाकावन्दीको बिरोध जनाएको छ। अन्तर्राष्ट्रिय सन्धि, कानुनको उल्लंघन गर्न पाइदैन भन्दै चर्को नारावाजी पनि गरिएको थियो। पछि ज्ञापनपत्र पनि दिइयो। ज्ञापनपत्रमा नेपालका सर्वाभौमिकता र अखण्डतामाथि यसरी धावा बोल्न पाइदैन भनिएको छ। र, यस्तो हैकमवादी चरित्र नत्यागे भारतले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिइएको छ।
यता असोज १० गते केपी ओलीका एमाले कार्यकर्ताहरुले भारतीय दूतावाससामु गुन्द्रुक र ढिडो पकाएर खाएर बिरोध जनाएका छन्। अनेरास्ववियुका विद्यार्थीले भारतविरुद्ध चर्को नारावाजी पनि गरेका थिए।