Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुकुटबिना नेताले केही गर्न नसक्ने रहेछन्

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

प्रेमसागर पौडेल - -
कम्यूनिष्टको खोल ओढेर बिस्तारवादी र साम्राज्यवादीका मिशन पूरा गराउनेहरूको जमातले नेपाली जनता र नेपाल देशलाई थिचेको छ । थिच्दै छन् ।
मुखुण्डो उत्रिएपछि पश्चिमाका दलालहरू नाङ्गेझार हुनेगरी अत्तालिएका छन् । यिनको अहँकार, दम्भ र स्वेत आतंककारी ब्यवहार छताछुल्ल भएको छ ।
स्वार्थकेन्द्रित मिडियादेखि ब्यक्तिसम्म काउसो लागेजस्तो भएका छन् ।
निहित स्वार्थका लागि देशको लिलाम गर्न तम्तयार भएर लाम लागेका मध्ये कमिशन पड्काएकाहरू शान्त छन्, नपाएकाहरू देश डुब्न लागेको देखिरहेका छन् । 
निष्कर्ष के हो भने, मुकुटबिना नेपालका यिनै नेताले केही गर्न नसक्ने रहेछन् भन्ने प्रष्ट भयो । मुकुटको छत्रछायाँमा नेपालले शीर उँचो बनाउन सक्छ ।...
नेपाली हुँ भन्नेहरूको विवेकको बिर्को समयमै खुले उत्तम हुनेछ ।