काठमाडौं । नेपालकै हुम्लाभन्दा हङ्कङ टाढा भएको छ । यति एयरले कर्णालीको हुम्लाका लागि उडान निश्चित त गरेको छ तर यसको मूल्य ३९ हजार ५ सय ५२ तोकिएको छ । जबकि काठमाडौंबाट हङ्कङ अथवा थाइलेण्डका लागि भन्दा नेपालबाट नेपालमै जानका लागि यो टिकट मूल्य महगो हो । कर्णालीसम्म पुग्ने सडक सञ्जाल छैन, हवाई एकमात्र साधन हो तर यति धेरै महगो । उडान निश्चित गरेर हबाइजहाज कम्पनीले मनोमानी भाडा बढाउदा तिनै तहको सरकार के हेरेर बसिरहेको छ ? नेताहरू किन निदाएका छन ? विद्यार्थी अथवा बिरामी यति धेरै भाडा तिर्न सक्छन् ? – पदम हमाल