काठमाडौं । हिन्दु समाजमा चर्चा व्याप्त छ– ‘पशुपतिनाथको नक्सा चोरेर भारत पु¥याएको र नेपालमा पस्न प्रतिवन्ध लगाइएको’ आरोप लागेका गुरूले नेपालमा गायत्री महायज्ञमा सहभागी हुने भएछन् ।
यी गुरू हुन्– श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी । गायत्री महायज्ञ असोज १० देखि १८ गतेसम्म धनगडीमा लगाइने भएको रहेछ । आयोजक श्री ह्ृषिकेश पीठा धर्म संरक्षण सम्वद्र्धन समित भनिएको छ । यी आरोपितले क्लिन चिट पाएकै हुन् । यी तान्त्रिक गुरूले कुन तन्त्र, मन्त्रले गठबन्धन सरकारलाई मनाएछन् भन्ने प्रश्न उठेको छ । नेपाल चुनावमय बनेको छ । सत्तारूढ र प्रतिपक्षी ५ दल र एमाले एकदोस्रालाई लतार्न आमने सामने भएका छन् । यो अवस्थामा गायत्री महायज्ञ कतै गुरू, त्यसपछि दलाई लामालाई भित्र्याउने साजिस त भइरहेको छैन ? किनकि दलाई लामाका अनुयायी पनि सक्रिय भएका छन् ।