झलनाथ खनाल आफ्नै पार्टीमा विद्रोह गर्ने नेता हुन् । उनले विद्रोह गर्न ३० लाख र गुण अपार्टमेन्टको घरसमेत उपहार पाएको चर्चा व्यापक छ । क्या रमाइलो राजनीति, पार्टीबाट प्रधानमन्त्री बन्न पाइने, विद्रोह गरे नगद र घरसमेत उपहार आउने । अझ सर्प पालन र आफ्नै नामको फाउण्डेसनका नाममा राज्यबाट अनुदानसमेत लिन पछि नपर्ने ।
मंसिर ४ को चुनाव आइरहेछ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा स तिर पुगेका झलनाथ खनालले राष्ट्रपतिका लागि गठबन्धन दलभित्र चलखेल गरिरहेका छन् । रामचन्द्र देशले मलाई प्रधानमन्त्रीको रूपमा खोजेको छ भन्नसमेत पछि परेनन् । झलनाथ खनाल च्याँखे थापिरहेका छन् । हेरौं, यी दुई आह्रालो लागेका नेतालाई देउवा कांग्रेस र माओवादीले कसरी बोक्ला ?