Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

संघई कोअपरेशनमा नेपाल तीन बल्ड्याङ्

०३ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

२००१ मा गठन भएका अन्तरसरकारी संगठन संघई कोअपरेसन अर्गनाइजेसनमा मालद्विभ्सले नेपाललाई उछिनेको छ । नेपाल, कम्बोडिया, अर्मेनिया र अजरबैजानलाई अब्जर्भर राष्ट्रको रूपमा अपग्रेड गर्ने भन्दाभन्दै मालद्विभ्सले पायो, भारतका कारण चीन बोलेन, नेपालले अपग्रेड हुने अवसर गुमायो । सेप्टेम्बर १६ र १७ को बैठकमा इरान र बेलारूस सदस्यको प्रक्रियामा अघि बढे, मालदिभ्स, बहराइन, म्यानमार, युएई, कुवेत डायलग पार्टनरको हैसियतमा पुगे । नेपाल हिस्सियो मात्र ।
सुरूमा चीन, काजकस्तान, कीर्गिस्तान, रूस, ताजिकिस्तान र उज्वेकिस्तान र २०१५ देखि भारत र पाकिस्तान जोडिए । नेपालले श्रीलंका, कम्बोडियासँगै डायलग पार्टनरको आग्रह गरेका थिए, चीनले चासो दिएन, भारतले वास्ता गरेन । नेपालका सम्बन्धमा कुरा उठ्यो, सहमतिका लागि लविङ् नभएर असफल हुनुपरेको छ ।