काठमाडौं । के गर्लान् र वालेनले, हर्क साम्पा«ङले भन्नेहरू चकित परेका छन् ।
इन्द्रजात्राका दिन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा कुनै पनि नेताभन्दा क्रेज देखियो, बालेन साहको । हरेक युवा भन्दै थिए– वालेन दाई । पाकाहरू कुरा गर्दै थिए– अब केही हुन्छ ।
सचेत बर्ग र बुद्धिजीवीबीच कुरा चल्दै थियो– ठिटोले केही गरिहाल्ला जस्तो लागेको थियो तर यति छोटो समयमा यति प्रभाबकारी, यती जोखिमपूर्ण तरिकाले काम गर्ला भन्ने त सोचेकै थिइन । स्वतन्त्र भए पनि युवाहरूले साथ दिएकाले बालेन साहको जोश दिनदिनै बढेर गएको छ । वालेनको बढ्दो ख्यातिका कारण ठूला दल, ठूला नेताहरूसमेत चुनाव हारिने खतरा देखेर त्रसित मनस्थिति प्रकट गर्न थालेका छन् ।
विश्लेषकहरू भन्छन्– जनता जागे, चुनावको नतिजा अचम्मको आउनसक्छ ।