बुद्धिनारायण श्रेष्ठ–
संविधान, खुला सीमा र नागरिकताको किचोला गाँसिएको छ । सीमा खुला भएकोले भारतीयले अलिकति प्रयास गरेमा नेपाली नागरिकता सहजै प्रमाणपत्र पाउन सक्छन् ।
खुला सीमालाई नियमन गरिएमा नागरिकता सम्बन्धी किचोला आधा समाधान हुनसक्छ । सीमामा भारतीय परिचयपत्र पेश गरेर नेपाल पसेकाले नपाली नागरिकता प्रमाणपत्र लिन हत्तपत्त आँट गर्दैनन् ।
नेपाल–चीन नियमन सीमा भए पनि ३० किलोमिटर सीमावर्ती क्षेत्रका नागरिक आउन÷जान पाउने व्यवस्था छ । तिनलाई परिचयपत्र पेश नगरी प्रवेश निषेध व्यवस्था गरिनुपर्छ । होइन भने ‘बन साङ्लोले घर साङ्लोलाई धपाउँछ’ भनेजस्तो, भोली नेपाली नागरिक आफ्नै देशबाट अन्यत्र खेदिने अवस्था आइपर्न सक्छ ।
सीमाबारे नेताहरू किन बहस गर्दैनन् ?