१० वर्षे जनयुद्धकालको अन्तिम वर्ष अर्थात २०६२ वैशाख २३ गते रूपन्देहीको दुधराक्ष–रामपुरमा आफ्नो जीवनकालको ११३६औं भागवत कथा तथा धान्यान्चल महायज्ञमा सहभागी वाचन शिरोमणि नारायणप्रसाद पोखरेलको ६ जनाले गोली हानी हत्या गरियो । उनी विश्व हिन्दु महासंघ नेपाल शाखाको सभापति पनि थिए ।
त्यतिबेलाको बीबीसी नेपाली सेवाका अनुसार यो हत्याको जिम्मेवारी माओवादी भातृसंगठन दलित मुक्तिमोर्चाले लिएको बताएको थियो ।
एमाले नेता सूर्य थापाको ट्वीटबाट प्रशारित यो तस्वीरमा ‘वाचनशिरोमणि नारायणप्रसाद पोखरेलको जीवनहरणको उनकै छोरा पं दीनबन्धुसँग प्रायश्चितको भिख’ भनेका छन् ।
हो, प्रचण्डका सामु १७ हजारको हत्या किन गरियो भन्ने प्रश्न छ । तर राजनीतिमा प्रचण्ड डाइनामिक लिडरका रूपमा स्थापित छन् । एमाले र माओवादीबीचको वाद विवाद होला, तर प्रचण्ड किङपिनका रूपमा छन्, सत्य यही हो । जनताले सहेपछि कसको के लाग्छ ? मंसिर ४ को निर्वाचनमा पनि उनले जित्ने सम्भाबना प्रवल छ ।