Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सन्ततीलाई गुलाम बन्न नदिउ, देश जोगाउ

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

कृष्णबहादुर थापा - - 
पद, पैसा, पावर तथा विभिन्न स्वार्थबाट प्रेरित भएर हाम्रो देशका हाई कमाण्डमा रहेका मन्त्रीहरू र नेताहरूले नागरिक विधेयक, एमसीसी, एसपीपी तथा नेपाललाई आवश्यक पर्ने सबै नदीनाला वाह्य देशलाई सुम्पिसके  । नाफामा चलि रहेका उद्द्योग व्यापार सबै ध्वस्त बनाएर देशलाई विदेशी मुलुकको बजार बनाई सकेको कुरा सबैलाई अवगत भएको सत्यता हो  । विदेशीको ऋणमा भ्रष्टाचार गरेर मुलुकलाई टाट पलटाएको कुरा अर्को सत्यता हो  । आफ्नो सात पुस्तालाई पुग्ने गरी बिदेशमा आफ्नो धन सम्पति जोडी सकेको अवस्था छ  । नेपाललाई कंगाल बनाएर उनीहरू विदेश भाग्ने तयार अवस्थामा छन्  । केही वर्ष भित्रै बहुसंख्यक विदेशी भित्राएर नेपाललाई भारतमा विलय गराउने प्रपञ्च रची सकेको स्थिति छ । विलयलाई रोक्न सक्ने कुनै शक्ति नेपालमा छैन त्यसैले सबै दलका दोस्रो, तेस्रो र चौथो पुस्ताका नेताहरू र सक्रिय कार्यकर्ताहरू तथा जनताले बुझ्न पर्ने कुरा चाहिँ अब ‘विलयपछि के हुन्छ ?’ भन्ने हो ।
नेपाललाई विलय गर्ने सम्झौतालाई बहुमतले पारित गरे लगत्तै पूर्व तयारी अनुसार रातारात भारतीय सेनाले सम्पूर्ण नेपाललाई कब्जामा लिन्छ । नेपाली सेना, सशस्त्र र प्रहरीलाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो बिश्वासिलो कमान्डरको मातहत राख्छ । किनभने देशभक्तहरूका जमातले जहिले पनि विद्रोह गर्नसक्छ तसर्थ त्यस्तो विद्रोहलाई दबाउन उनीहरूको आवश्यकता पर्नसक्छ । पूर्णरूपले आफ्नो चंगुलमा राख्न हत्या, हिंसा, चेलीबेटीलाई दुव्र्यवहार नगरिकन तथा डर त्रास न देखाईकन नेपालीहरूले आत्मसमर्पण सजिलै गर्दैनन् भन्ने यथार्थ मानसिकता उनीहरूलाई राम्रोसँग थाहा छ । 
आफ्नै देशको स्वतन्त्रता र स्वाभिमान गुमाउने प्रपन्चमा देशद्रोही नेताहरूलाई साथ दिने बिभिन्न दलका दास कार्यकर्ताहरू पनि चैनले बस्न पाउने छैनौ  । आजका तिम्रा नेताहरूले देशलाई लुट्न सम्म लुटेर विदेशमा पैसा लगेर जायजेथा जोडी सकेका छन् । उनीहरू सबै भाग्नै पर्छ किनभने लेन्डुप जस्तै उनीहरूलाई नजरबन्दीमा राखिन्छ । देश न बुझाउँजेल उनीहरू प्यारा हुन्छन्, बुझाए पछि त उनीहरूको अवस्था कमारा कमारी जस्तै हुन्छ  । नेपाल स्वतन्त्र रहँदासम्म लुटÞेको पैसा नेपालको हुन्छ । विलय पश्चात भारतको हक लाग्छ  । उनीहरूमाथि मुद्दा लगाएर जेलमा कोच्छन् । उनीहरूलाई यहाँ रहुन्जेल देशद्रोही गद्दार भनेर दिनहू अपमानित गरिन्छ त्यसैले तिनीहरू भाग्नै पर्छ । आज तिमीहरूलाई उनीहरूले सुर क्षा, राज्यको कोष दोहन गर्ने सुविधा र प्राकृतिक सम्पदा लुट्ने टेक्का पट्टा दिएको छन् । तर उनीहरू पलायन भएपछि तिम्रो सुरक्षा कसले गर्छ ? १४५ करोड जनसख्या भएको मुलुक सित ३ करोड गाभिए पछि तिमीहरू अस्तित्वहिन हुन्छौ  । त्यहाँका ठुलठुला पार्टीहरूको राजनीतिमा तिमीहरू हराउन्छौ । दोस्रो, तेस्रो, र चौथो पुस्ताका नेता कार्यकर्ताहरू अहिले वृद्ध असक्षम देशद्रोही नेताहरूको दासत्व स्वीकार गरेर देशमा मनपरी गर्दै बसेका छौ । भोलि पारीका आए पछि तिम्रो औकात नोकर भन्दा बढी हुने छैन । अहिले तिमीहरू छोटे डन छौ पछि पारीका महा–डनहरू आए पछि तिमीहरूको हविगत के हुन्छ ? आफै बुझ्नु पर्छ  । नेताहरूले सिद्धान्त छोडेर अनैतिक कामहरू गर्दा, भ्रष्टाचार गर्दा तथा देशै न रहने  षड्यन्त्र गर्दा पनि तिमीहरू बोल्न सक्दैनौ  । आफ्नो स्वाभिमान र आत्मसम्मान गुमाएर ठुला ठुला गफ हाक्ने तिमीहरू भोलिका दिनमा बल्ल बुझ्ने छौ देश गुमाएको पीडा । समय हुँदा चेतनशील बन र यथार्थतालाई बुझ्ने कोशिश गर  । यो देश तिम्रो हाम्रो मात्रै हैन  । भोलिका हाम्रो आउँदो सन्ततिहरूको पनि हो । आफ्नो सन्ततिको रक्षार्थ, उनीहरूको आत्मसम्मान राख्नको निम्ती देश जोगाउने तिम्रो पनि कर्तव्य र दायित्व हो । आफ्नो सन्ततिलाई एउटा स्वतन्त्र मुलुकको नागरिक बन्न देउ । आफ्नो सन्ततिलाई पराई देशको गुलाम बन्न न देउ  । त्यसैले सचेत बन  । देशभक्त बन  । सबै मिलेर देश जोगाउँ ।