Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

‘गम्भीर परामर्श’ बाट के निस्केला ?

१३ सोमबार , भाद्र २०७९३ बर्ष अगाडि

काठमाडौं । नागरिकता विधेयकका कारण राष्ट्रपति र गठबन्धन सरकार आमने सामने भएका छन् । यो सत्ता र शक्तिको टकरावले राजनीतिमा भयंकर डढेलो लाग्ने खतरा देखिएको छ ।
चुनावको मुखमा कामचलाउ सरकारले नागरिकता विधेयक संसदबाट पास गरेर पठाएकोमा राष्ट्रपतिले केही मुद्दाहरुमा स्पष्ट हुनका लागि पुनर्विचार गर्न फिर्ता गरेको गरेकोमा प्रकृया नै नपु¥याई गठबन्धन सरकारले ‘तुजुक’ देखाएर जस्ताको तस्तै पठाउने निर्णय गरेपछि राष्ट्रपतिले कानुनी, सुरक्षा निकायसँग परामर्श सुरु गरेकी छिन् । नागरिकता विधेयक धेरै पेचिलो बनेपछि राष्ट्रपतिले राजीनामा गर्ने चर्चा चुलिंदा गठबन्धनले असंवैधानिक रुपमा उपराष्ट्रपतिबाट प्रमाणित गराउने भनेका छन् । राष्ट्रपतिले निजी निवासलाई सफा गराएपछि राजीनामा दिने अनुमान छ ।