Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गठबन्धनले तुजुक देखाए

०६ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । लहानको मदरशामा पुस्तकका साथै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर सहितको उत्तरपुस्तिका समेत वितरण गरेर राजेश अहिराजले फरक कार्य गरेका छन् । उनले नेपालको झण्डा अङ्कित लोगो समेत विद्यार्थीलाईबितरण गरेका छन् ।
उनको धारणा छ– संसदले राष्ट्रपतिबाट पुनर्विचारका लागि पठाइएको नागरिक विधेयक माथि बह िगरिएको देखिएन । तुजुक देखाएजस्तो भयो । संसदको जस्ताको तस्ते विधेयक फिर्ता भएको कार्यले लोकतान्त्रिक संस्कार बिकास बारे निराशा बढायो ।
चन्दाबाट हिन्दुराष्ट्र
काठमाडौं । हिन्दुराष्ट्र पुनस्र्थापना गर्ने भनेरै राप्रपा अध्यक्षले चन्दा अभियान थालेका छन् । ९४ प्रतिशत ॐकार परिवार १५ वर्षदेखि सुतेर बसेका छन् । तिनीहरूबाटै चन्दा उठाएर कसरी हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ ? कोष बृद्धिले हिन्दुराष्ट्र पुनस्र्थापना हुने भए धनाध्ये हिन्दुहरू कति छन् कति ? अध्यक्ष भन्छन्– सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले अर्थकोष जुटाउने अभियान थालेको हो । बैंकको खाता ०४७००१०१०२९०९१०००००१ चन्दा मागिएको छ । चन्दाले हिन्दुराष्ट्र आउला ?
आचार्यको प्रश्न
संसद तिम्रो आस्था हो
कि आवरण मात्र ? बहुदलीय प्रजातन्त्र प्रेम हो कि खेल मात्र ? जनता साध्य हुन् कि सत्ता साधनमात्र ? नीलाम्बर आचार्यका यी प्रश्नले राजनीतिक दल र नेताहरूलाई घोच्नुपर्ने हो ? तर कसैले वास्ता गरेजस्तो लाग्दैन । चाहिने कुरामा किन चासो दिन्थे र ?