Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तीज हो कि सुन तिहार ?

२३ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

तीजका कारणले सुनको माग यसरी बढेको छ कि दैनिक २० किलोभन्दा बढी खपत हुनथालेको छ । सुन व्यापारी मालामाल भइरहेका छन्, यसरी सुन किन्नेमा अधिकांश नेता, कर्मचारीका परिवारजन देखिएका छन् । अर्थात्, अनियमित कमाइका कारणले सुन व्यापार बेस्सरी फस्टाउन पुगेको छ ।
विवाहको लगन भएन, पर्व अथवा तीजजस्ता चाडबाड आएन भने सुनको बिक्री ह्वात्तै घट्ने गरेको छ । खासगरी तीजमा सुन ब्यापारी दङ्ग पर्नेगर्छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मभक्त बज्राचार्यका अनुसार तीजका लागि गहनाको अर्डर बढ्नेगर्छ । सुनको मूल्य पनि बढ्छ । सरकारले दैनिक २० किलो सुनको कोटा तोके पनि बजारमा ५० किलोसम्म बिक्री भइरहेको छ ।