Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विद्रोह किन हुन्न ?

०९ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

असन्तुष्टि व्यापक छ । तैपनि समाजमा परिवर्तन आउदैन किन ? 
हिमानी शाहले लेखेकी छिन्– किनकि गरिवमा हिम्मत छैन,  मध्यम वर्गसँग फुर्सद छैन, धनीलाई आवश्यक छैन ।
भनाइ तथ्यपरक छ तर हिमानी शाहले लेखेकाले ध्यान कसैले दिदैनन् ।
नागरिक समाज र बुद्धिजीवीहरू पार्टी पार्टीमा विभाजित भएका छन् । विचारकहरूले बोल्नुपर्ने कुरा अरूले बोलेपछि तरङ्ग के आउँथ्यो ?
नेतृत्व गणलाई सहने जनता चाहिने हो । थचार्दा थचारिने र आँखा तर्दा डराउने जनता चाहिने हो । जनता हातमुख जोर्नमै व्यस्त छन्, नेतृत्व गणका लागि जति लुटे पनि हुने हाइसन्चो भएको छ । लोकतन्त्र त्यसैले लूटतन्त्र भएको हो । हुन त राजधानी, धरान र धनगडीजस्ता सहरमा अपत्यारिलो तवरले जनताले स्वतन्त्र उमेदवारलाई मेयर जिताइदिए । यो मौन जनविद्रोह नै हो । यही प्रकारले आगामी संसद र प्रदेशको चुनावमा पनि नतिजा आउन सक्यो भने जनताले चुनावका माध्यमबाट गैह्रजिम्मेवार नेतागणलाई दण्ड दिने क्षमता राख्ने रहेछन् भन्ने बुझ्न सकिन्छ । होइन, यिनै भ्रष्ट नेताले चुनाव जित्ने हो भने भ्रष्टाचार बढिरहने छ, जनविद्रोह सपनाको कुरा हुनेछ । – रोशन कार्की