सार्र्क मुलुकहरूमा विदेशीले नागरिकता पाउने यस्तो प्रावधान छ–
– पाकिस्तानमा ५ वर्ष ।
– भारतमा ७ वर्ष पछि प्रकिया सुरू ।
– भुटानमा बच्चाले नागरिकता पाएपछि,
– बंगलादेशमा २ वर्ष ।
– माल्दिभ्समा १२ वर्ष र मुस्लिम धर्म अपनाउनै पर्ने ।
– अफगानिस्तानमा ७ वर्ष ।
– श्रीलंकामा ७ वर्ष ।
– नेपालमा भारतीयलाई अन अराइभल नागरिकता दिनैपर्ने किन ?
भारतलाई खुशी पारेपछि चुनाव जित्न र सत्तामा टिकिरहन सकिन्छ भन्ने मानसिकता र आफ्नो भोट बैंक बढ्ने सोचले गर्दा यतिबेला संसदमा नागरिकता बिधेयक अघि सारिएको छ । जुनसुकै प्रपञ्चबाट नागरिकता विधेयक पास गर्ने मनसाय गठबन्धन सरकारको छ । यस्तो प्रपञ्चको व्यापक विरोध भइरहेको छ ।
विरोध गर्नेहरू भन्छन्– जो नेपाली हुन्, तिनले नागरिकता पाउनुपर्छ । तर नेपालको अस्तित्व मेटाउने र फिजी बनाउने उद्देश्यले आएको विधेयक खतरनाक छ ।
आवाज बुलन्द बन्दैछ– नागरिकता विधेयकको वैवाहिक अङ्गीकृत सम्बन्धी प्रस्ताव संशोधन नगरी पास भयो भने नेपाल खतरामा पर्नेछ । गठबन्धन सरकारमा रहेका माओवादी, जनमोर्चा, नेकपा समाजवादीलाई यस्तो विधेयक कसरी स्वीकार्य भयो होला ? कम्युनिष्टहरू देशभक्त हुन्छन् भन्थे, १९५० को सन्धि खारेजी हुनपर्छ पनि भन्छन्, तर चरित्र यस्तो ?