Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महाभारतमा यक्षको प्रश्न र वर्तमानमा नेपाल

०२ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

यक्ष प्रश्नः महाभारतको कथाअनुसार पाण्डव पानी पिउन गएका थिए । त्यतिबेला यक्षले धर्मराज युधिष्ठिरलाई सोधेको प्रश्न आज पनि महत्वपूर्ण प्रश्नका रूपमा लिइन्छ । कुनै पनि गम्भीर अवस्था आयो भने यक्ष प्रश्नको रूपमा वर्णन गरिने प्रचलन रहेको छ ।
यक्षले सोधेका थिए– म को हुँ ? युधिष्ठिरले भनेका थिए– तिमी न शरीर हौ, न इन्द्रिय, न मन हौ न बुद्धि । तिमी चेतना हौ । त्यो चेतना जो सर्वसाक्षी छ । यही प्रश्नोत्तरलाई लिएर नेपाली राजनीतिमा यक्ष प्रश्न खडा भएको छ– हरेक नेताले आफैलाई सोध्नुपर्छ, राजनीति के हो ? राजनीति किन गरेको ? राजनीतिमा चेत छ कि छैन ? आखिरमा कस्तो खालको नेता हुँ म ?
नेपालको सन्दर्भमा यतिबेला यही यक्ष प्रश्न हो । किनकि राजनीति व्यवसाय बन्यो, व्यभिचारको अर्को नाम राजनीति भयो । राजनीतिको न मान छ, न प्रतिष्ठा । राजनीति भनेपछि शासितहरू घृणाभावले हेर्न थालेका छन् शासकलाई ।