Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

जन्मदिनमा केक काट्ने हिन्दू कि अहिन्दू ?

०२ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

हरि मञ्जुश्रीको गम्भीर प्रश्न - -
जन्मदिनमा अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ भनेर हामीलाई सानैमा भनिएको थियो र त्यसको पद्धति पनि सिकाइएको थियो । मैले त्यसै गरी जन्मदिन मनाएँ र मनाइरहेको छु । तर केही वर्षअघिदेखि धेरैजनाले आफ्नो जन्मदिन मनाउँदा आफ्ना अगाडि केक राख्ने, सोलीजस्तो टोपी लगाउने, बलिरहेको मैनबत्ती निभाउने, केक काट्ने, जुठो केक खाने–खुवाउने, अरूले ‘ह्याप्पी बर्थ डे टू यू’ भनेर थपडी बजाउने गर्न थालेका छन् । पहिले त मलाई त्यसो गर्नेहरू अहिन्दू होलान् भन्ने लाग्थ्यो, तर आफूलाई हिन्दू हुँ भन्नेहरूले पनि त्यसै गरेको देख्न थालेको हुनाले म अचेल अलमल्ल पर्न थालेको छु । जन्मदिनमा केक काट्ने प्रचलन हिन्दूहरूको होइन, जन्मदिनमा केक काट्ने मान्छे हिन्दू धर्मावलम्बी होइन, जन्मदिनमा सोली टोपी लगाउने, मैनबत्ती निभाउने, केक काट्ने गर्नुपर्छ भनेर कुनै शास्त्रीय ग्रन्थमा लेखेको छैन भनेको पनि सुनेको छु । जन्मदिनमा केक काट्नेहरूले आफूलाई हिन्दू हुँ भनेर अरूलाई झुक्याएका हुन् भन्नेहरू पनि छन् । हिन्दूहरूको पुरानो गलत परम्परालाई परिमार्जन गरिएको हो र अन्तर्राष्ट्रिय चलन मानेर विश्वग्रामको अवधारणा स्वीकार गरिएको हो पनि भन्दा रहेछन् । वास्तविकता के हो, विज्ञहरूबाट जान्न चाहेको छु ।