काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरेपछि यो विवाद सडकदेखि संसदसम्म पुगेको छ । किन इम्बोस्ड नम्बर चाहिन्छ भन्ने विषयमा सरकारले बुझाउन सकेको छैन ।
बंगलादेश, श्रीलंका आदि मुलुकमा आफ्नै भाषामा इम्बोस्ड नम्बर चलेको छ भने नेपालमा पनि नेपाली भाषामै राख्दा हुन्छ भन्ने माग छ ।
मेची–महाकालीभित्रै चल्ने भएकाले इम्बोस्ड नम्बर नेपाली भाषामै हुनुपर्छ ।
अदालतमा पुग्नुपर्ने विषय नै होइन, इम्बोस्ड नम्बरको नेपालमा आवश्यकता छैन । भाषाको पहिचान मेटिने निर्णय मान्य छैन ।