काठमाडौं । प्यूठाने वामदेव गौतम एसएलसी पढेका राष्ट्रिय सभा सदस्य हुन् । उनी पटक पटक मन्त्री भए, एमालेमा थिए, त्यसबाट पन्छिएर आफ्नै परिवारजनलार्य समेत सदस्य बनाएर नेकपा राष्ट्रिय एकता अभियान पार्टी खोल्न पुगेर प्रचण्ड, माधव र केपी ओलीसँग कुममा कुम जोड्ने प्रयास गर्दैछन् ।
७० नाघेपछिको उमेरमा वानप्रस्थ हुनुपर्ने र नयाँ पुस्तालाई अगाडि बढाउनु पर्नेमा सत्ताको तिर्खा मेट्न अनेक च्याँखे थाप्न माहिर बुढा बामदेव गौतमको बर्कतले कस्तो परिणाम देला भविष्यले बताउने छ । तर उनको यो प्रयास आगामी संसदको चुनाव लक्षित हो भनेर बुझ्न जरुरी छ । बामदेव बारे एउटा कमेन्ट यस्तो छ– नयाँनयाँ राजनीतिक पार्टी खोल्दै हिड्नु र बच्चा जन्माउदै बाउ हुन खोज्नु उस्तै हो ।