काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको आत्मसमीक्षा ः मजस्तो कट्टर राजावादी आज प्रचण्डकै लाइनमा आइपुगेँ । प्रश्न छ– कसले प्रचण्डको लाइनमा ल्याइदियो । यसरी आउनुमा आफ्नै भूल कि अरूको देखासिकी ?
थापाले भन्नुभएको छ– कांग्रेस, माओवादी केन्द्रलगायतका दललाई भन्न चाहन्छु कि तपाईंहरूले जुन राजनीतिक विचारधारामा आधारित बाटो बनाउनुभएको थियो, ढिलै भए पनि घुमिफिरी त्यो बाटोमा आइपुगेको छु । त्यो तपाईंहरूको सफलता हो भन्ने ठान्नुहोस् । तथापि फेरि पनि प्रश्न थापासामु नै तेर्सिन्छ– नेतृत्वले यसरी दोष अन्यत्र थोपर्ने कि जिम्मेवारी लिने ?