Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अराजक अर्थमन्त्रीका हातमा अर्थतन्त्र

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । अर्थमन्त्री र मन्त्रालयले होइन, अनधिकृत व्यक्तिले बजेट बनाएको खुलासा भइसक्दा पनि अर्थमन्त्रीले राजीनामा दिएनन् । उनले ठूलो स्वरले भने आरोप प्रमाणित गर्न चुनौती दिन्छु । उनको उम्कने दाउ सफल होला ?
अर्थमन्त्रालयका कर्मचारीले रहस्य खुस्काउलान् भनेर तर्साउन थालेको गुनासो सार्वजनिक भएको छ । अर्थका दुई सचिव र दुई सहसचिवलाई लक्षित गर्दै त्यहाँ आएका भनिएका व्यक्ति कर्मचारीले बोलाएकोतर्फ संकेत गरेका छन् । प्रधानमन्त्री र आफ्नो पार्टी माओवादी अध्यक्ष प्रचण्डलाई यी क्रान्तिकारी मन्त्रीले यही बताएका हुनन् ।
अन्नपूर्ण पत्रिकादेखि अनेक सञ्चारमाध्यममा छताछुल्ल भएका समाचारअनुसार बजेट लेखनको सिलसिलामा अनधिकृत व्यक्ति ‘सुब्बासाब’लाई मन्त्रीले नै बोलाएर प्रवेश दिएको र उनले दिएको निर्देशन मेरो निर्देशन सम्झनु भनेको खुलासा पनि भइसकेको छ । तैपनि प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड नैतिकता देखाउन तैयार देखिदैनन् ।
संसारमै विचौलियाको स्वार्थअनुसार बजेट बन्नु बनाउनु भनेको राष्ट्रिय अपराध मानिन्छ । केही उद्यमी, व्यापारीको स्वार्थअनुकूल हुनेगरी रातारात करका दरमा हेरफेर गरिएको तर्फ अर्थजगतमा आपत्ति जनाइएको छ । यति गम्भीर नैतिक प्रश्नमा पनि खेलाँची ?
उल्टै मन्त्री अर्थ मन्त्रालयमा आतंक फैलाउँदै मातहतका कर्मचारीमाथि चोरऔंला ठड्याएको देखिन्छ । केही कर्मचारी भन्छन्– ‘उहाँ अहिले कर्मचारीहरूले नै बाहिरको मान्छे छिराएको हुनसक्ने भन्न थाल्नुभएको छ ।’