वानप्रस्थ जाने उमेरमा सत्ता सुन्दरीको पछि किन ?
आम्रपाली विश्वसुन्दरी प्राप्त गनै मगध सम्राट अजातशत्रु लाखौं मान्छे मारेर उनका सामु पुगे । आम्रपालीको जवाफ थियो– धिक्कार छ तिमीलाई, मजस्ती एउटी नर्तकीलाई पाउन विनासलीला मच्चायौ । म तिमीलाई प्रेम गर्न सक्दिन भनेर भिक्षुणी बनिन् । जितेर पनि हारेका अजात शत्रु आफैप्रति घृणा गर्दै मुक्तिमार्गमा लागे । हाम्रा नेताहरूलाई किन आफैप्रति किन घृणा जाग्दैन ?