Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अझै जारी छ, युवती बेचबिखन

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । केटी बेचबिखन अझै पनि जारी नै छ । जति नै कडा कानुन बनाए पनि बेचबिखन नरोकिनुको कारण पीडकलाई सजाय दिलाउन नसकेर हो भन्ने प्रष्ट छ ।
गतहप्ता माइती नेपालले समाचार दियो– झुक्काएर भारततर्फ लैजाने क्रममा किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरियो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीलाई भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको रहेछ । समाचारअनुसार दोधरा चाँदनी नगरपालिका–७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको उद्धार गरेको हो । आश्चर्य त के छ भने यी नेपाली किशोरीलाई भारततर्फ लैजान भारतीय युवा रहेछन् । भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । नेपाली युवाको सहयोग बिना भारतीय युवाले नेपाली युवतीलाई भारततिर लैजान सक्ने विषयमा प्रहरी नै सशंकित छ । ती युवतीलाई फकाएर लैजाने नेपाली को हुन् ? खोज्दै गरेको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार  विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट झुक्याएर भारत लान लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको हो ।
भनिन्छ, ती युवकलाई छुटाउन फोन दबाब आइसकेको छ ।