Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजाको सालिकले गणतन्त्र हल्लियो

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । वीरेन्द्रको सालिकले गणतन्त्र हल्लियो । महेन्द्रको सालिक सफा गर्न पाइन्न भनेर सरकारले रोक लगायो ।
कति कमजोर गणतन्त्र यो, मरेका राजाको सालिकले पनि हल्लिने ?
बुझकीहरू भन्छन्– सालिकले गणतन्त्र हल्लेको होइन, नेताहरूको दिमाग हल्लिएको हो । सालिकदेखि तर्सने नेता नै खासमा सच्चा  क्रान्तिकारी हुन् । यस्ताले राजाको सालिक हटाएर सेतु विकको सालिक ठड्याए । सेतु विकको सालिक राखेपछि गणतन्त्रको जग बलियो हुनेभो ।
नेपालगञ्ज र झापामा राजाका सालिकको अपमान गरेपछि गणतन्त्र बचेको छ । प्रतिगमन रोकियो । सेतु विकको सपना साकार होउन् भन्छन् जनता ।