काठमाडौं । खेती लाउने बेला भयो कि मल हुँदैन । राजस्वबाट खरिद गरेर बेच्ने मलसमेत सरकारले व्यवस्था गर्न सक्दैन । यसतो सरकारले अरू के गर्ला ?
कृषकलाई मलको समस्या, स्कूलमा पाठ्यपुस्तकको समस्या, कलेज–विश्वविद्यालयमा हड्तालको समस्या, राजधानीजस्ता सहरमा फोहर व्यवस्थाको समस्या, सडकमा खाल्डैखाल्डा, अस्पतालदेखि एयरपोर्टसम्म ट्वाइलेटको समस्या, आमनागरिकलाई महगी र पानीको समस्या, यातायातमा लाइसेन्सको समस्या, सडक र दूरसञ्चारबीच समन्वयको समस्या, जनसम्पर्क हुने कार्यालयदेखि अदालतसम्म घूस दिनैपर्ने समस्या, समस्यै समस्या थपिने हो भने यो संघीयता र संसदीय सरकारले गर्छ चाहिं के ? तलवमात्रै खाने, काम नगर्ने भए सरकार किन चाहियो ? सेता हात्ती पालेजसरी ७ सय ६१ सरकार जनताले पालिदिनुपर्ने ?
यस्तै यस्तै गुनासाहरू गरिरहेका जनता, सुन्ने जनताको सरकार छैन ।