Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

अमिक शेरचनको खुलासाले तहल्का

२६ शनिबार , भाद्र २०७२११ बर्ष अगाडि

 एमाओवादीभित्र यसरी विचलन बढेको छ कि अव त स्थायी समितिका सदस्य नै पार्टी भ्रष्टाचारको केन्द्र बनेको बताउन थालेा छन्। अमिक शेरचनका अनुसार एमाओवादी अव पार्टीजस्तो छैन। बरु छुट्टै बैचारिक समूह निर्माण गर्न जरुरी छ। स्मरणीय छ, शेरचन पार्टीभित्रको भ्रष्टाचार अकूत सम्पत्ति छानबिन संयोजक नै थिए। अहिले उनी पार्टीभित्र भ्रष्टाचार र गलत काम धेरै बढेको खुलासा गर्न थालेका छन्। आफ्नो रिपोर्ट सार्वजनिक गर्ने हो भने आफ्नो पार्टी र कम्युनिष्ट विचारमै धक्का लाग्छ भन्छन् उनी। आफ्नो रिपोर्ट किन सार्वजनिक हुनसकेन। उनलाई खसखस छ। बदनाम हुने र पार्टी फुट्ने भएकाले प्रचण्डले रिपोर्ट दमपच पारेका छन्।