Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अब फ्लिन आउदै

१६ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । इण्डो प्यासिफिक क्षेत्रका सेनापति चाल्र्स फ्लिन नेपाल भ्रमणमा आउने भएका छन् । उपमन्त्री जिया उज्रापछि फ्लिन भ्रमणमा आउने चर्चाले नेपालका उत्तर दक्षिणको नियोग सरगर्मी ह्वात्तै बढेको छ । यसैबीच शनिवार चीन विज्ञले ‘टर्कीस एयरलाइन्सबाट काठमाडौं आएर सेनाको हेडक्वार्टर छिर्ने को हो ?’ भनेर प्रश्न उठाएर चासो बढाएका छन् ।
एमसिसी, थप आर्थिक सहयोगपछि तिब्बती शरणार्थीप्रति अमेरिकाले देखाएको ‘अतिरिक्त’ चासोले तापक्रम बढाएको हो । प्रतिपक्षी नेता केपी ओलीले संसदमै विरोधको स्वर निकालेका थिए । भनिन्छ, नेपालको भूराजनीति बुझिदिन केही कोणबाट भएको आग्रह लत्याइएको छ, गठबन्धन सरकार मरीच चाउरिएझैं चाउरित पुगेको छ । मानव अधिकार, लोकतन्त्र तथा तिब्बती मामिला आउने दिनमा नेपालको घाँटीमा अड्किएको हाड बन्नेवाला छ ।
प्रधानसेनापति प्रभूराम शर्माले द्वीपक्षीय सैनिक सम्बन्ध, सैनिक अभ्याससहितको मित्रता विकसित गर्न उनलाई विशेष रूपमा निम्त्याएका हुन् । उनी अर्को महिना नेपाल आउनेछन् । यसअघि नै प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका अर्थपूर्ण भ्रमण (असार १२–१८) हुने चर्चा बाक्लिएको छ ।