पेट्रोल लिटरको १ सय ८०, ग्यास सिलिण्डरको १८०० । मटितेल र डिजलको प्रतिलिटर १ सय ६३ पुग्यो । नेपाल आयल निगम भन्छ– निगमलाई अझै घाटा छ । ऋण र उधारो बढ्यो, इण्डियन आयल कर्पोरेशनलाई अझै २० अर्वभन्दा बढी तिर्नु बाँकी छ । स्मरणरहोस्, पेट्रोलियम पदार्थ ५० प्रतिशत खपत सरकारले गर्छ, २५–२५ प्रतिशत खपत उद्योग र सर्वसाधारणले गर्छन् ।
इन्धन खपत गराएर डलरको सञ्चिति बढाउन सरकारले दिएको २ दिन विदाको व्यापक विरोध भइरहेको छ । मन्त्रीहरू सरकारी होइन, निजी नम्बरका गाडी चढिरहेका छन् । एकजनालाई ९ वटा गाडीसम्म दिइएको छ । राज्यले दिने सुविधातिर नहेर्ने, जनतालाई महगीमा पार्ने ?