काठमाडौं । चालु आर्थिकवर्षको १० महिनामा व्यापारघाटा १४ अर्ब ३२ अर्व नाघ्यो । संसदमा प्रिबजेट छलफल भइरहेको छ । १६ खर्ब ५ अर्बको आयात हुँदा किन १ खर्ब ७३ अर्वको मात्र निकासी भयो ? यो व्यापारघाटा कम गर्न बजेटमा के कस्तो प्रावधान राखिनुपर्छ ? बिरामी अर्थतन्त्रको उपचारविधि के हो ? अथीवद, उद्यमी, व्यापारी र सरकारबीच विशेष छलफल हुनुपर्ने हो । संसदमा गम्भीर छलफल गरिनुपर्ने हो । केही पनि छैन । जसरी पनि बजेट ल्याउने, ६५ वर्षमै बृद्धभत्ता दिने, कर्मचारीको तलव बढाउने कुरामात्र छन् । के हामी श्रीलङ्काकै बाटोतिर अग्रर भएका हौं त ? किन चिन्ता र चासो राखिदैन ?
रेमिटान्सले चलाएको अर्थतन्त्रले विकास हुँदैन, समृद्धि आउँदैन भन्ने विश्वव्यापी मान्यता हो । यो मान्यता सरकार किन मानिरहेको छैन ? आत्मनिर्भरताका लागि ससाना उत्पादनदेखि रोजगारीमूलक उद्योगधन्दा चलाउनेतिर संसदले नीतिनिर्माण र सरकारले योजना किन बनाउँदैन ? कर छुट दिएर हुन्छ कि अन्य उपाय खोई सोच ? श्रीलङ्काका प्रधानमन्त्रीमाथि आगजनी भयो, भाग्नुपर्ने दिन आयो, किन सोच्दैनन् ?