Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भोटिङ मेसिन किन किनिन्न ?

०२ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

काठमाडौं । सरकारी राजस्वबाट ६ करोडको पानी, ९ करोडको भोज, प्रधानमन्त्री रोजगारीका नाममा आसेपासेलाई अर्वौंको बजेट, एकैदिन ७ ठाउँमा हेलिकोप्टरबाट चुनाव प्रचारमा जानसक्ने नेताहरूले इभीएम अर्थात इलेक्टोरल भोटिङ मेसिन खरिद गर्न सक्दैनन् ? मेसिन किने एकैदिनमा भोटिङ, अर्को दिन गणना गर्न सकिन्छ । यो विधि भित्र्याउन नचाहनु रहस्यमय देखिन्छ ।
२०७४ को चुनावमा मतदान र मतगणनामा जुन कष्ट देखियो, २०७९ को पालिका चुनावमै त्यो कष्ट देखिएको छ । प्रदेशदेखि संसदसम्मको चुनाव केही महिनामै आउनेछ । मतदान र मत गणनाको यही कष्ट दोहोरिनेछ । 
भारतमा भोटिङ् मेसिन प्रयोग हुन्छ, त्यो राम्रो कुरा नेपालले सिक्न सक्छ । नराम्रा जे पनि सिक्ने, अनुकरण गर्ने, राम्रो कुरा नेपालले अनुकरण गर्दा बेशै हुनेथियो । तर नेपालका पार्टीहरूमा यो ज्ञान रविधि र प्रविधिप्रतिको अविश्वास नै अप्रजातान्त्रिक सोच बन्न पुगेको देखिन्छ ।