Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भुटानसग घाटा

०२ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

काठमाडौं । नेपालले भुटानसँगको व्यापारमा समेत घाटा बेहोरेको छ । २८ करोडको निर्यात, ९६ करोडको आयात गरेपछि भुटानको अर्थतन्त्र कति माथि, नेपाल तल तल धस्सिदै गएको देखिन्छ । हुन त भुटानले एकलाख डोज कोरोना खोपसमेत नेपाललाई सहयोग दिएको थियो ।
भन्सार विभागले नै यो तथ्य सार्वजनिक गरेको हो । ९ महिनामै भुटानसँगको यो व्यापार घाटाले नेपालको अर्थतन्त्र संकटमा छ भन्ने देखाउँछ । यद्यपि अधिकांश व्यापार भारतसँग हुनेगर्छ र वार्षिक बजेटकै हाराहारीमा व्यापारघाटा छ । यसको अर्थ नेपालको निर्यात व्यापार घट्दो क्रममा छ । नेपालमा उत्पादन शून्यता छ । रेमिटान्स अर्थतन्त्र, रेमिटान्सको अधिकांश रकम अनुत्पादक क्षेत्रमा खर्च हुने भएपछि कसरी औद्योगिकरणमा जानसकिन्छ र ? आलु खाएर पेडाको धाक लगाउनु र नेपालको अर्थतन्त्र कमजोर छैन भन्नु उस्तै हो । श्रीलंकाको नियति भोग्नु नपरोस्,अर्थविदहरूले बहस गर्न जरूरी छ ।   –फणिन्द्र पन्त