सुरेशकुमार पान्डे–
अहिलेका यी नेताहरूले बुझ्नै पर्ने बिषय यही हो चुनाव भनेको के हो र यसमा भएको आचार सहिंता के के हुन् ? पुंजिवादी निर्वाचनमा पनि सामन्यातः आचार सहिंता त हुनुपर्ने हो तर अहिलेका यी नेताहरूलाई जित्नका लागि यिनीहरू आफैले बनाएका आचारसहिंताको उल्लंघन गरेका थुप्रै उधारणहरू भेटिन्छन् । चुनावलाई राजनीतिक रूपले हेर्नुपर्नेमा कयौं नेताहरूले यसलाई सत्ता कब्जाको रूपमा बुझेका छन् । जुन लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण विषय हो ।
जनतामा आफ्नो राजनीतिक लाईनलाई लिएर प्रचार गर्ने जनतालाई सचेत र संगठित गर्ने भन्दापनि पानी धमुलेर माछा मार्नेहरूको कमी छैन । यसमा नेपाली कांग्रेसका प्रमुख छन्, खास गरेर शेरबहादुर देउपा प्रधानमन्त्री तथा कांग्रेका अध्यक्ष कि पत्नी आरजु राणा देउपाले बिभिन्न युवाहरूलाई जितेपछि फ्रि भिसा, टिकट दिएर बिदेश मलेसिया पठाउने भनेको बिभिन्न मिडियाहरूमा आएको छ भने आफुले नजितेको ठाउँमा बजेट किन पठाउने भन्नेजस्तो बोलेको पनि सुनिन्छ । एउटा देशको प्रधानमन्त्री समेत रहेका असामन्य ब्याक्तित्व की श्रमतीले यसरी देशका जनताहरूलाई धम्काउनु वा लोभ्याउनु भनेको आचार संहिता बिपरित पनि हो । अनैतिक पनि हो । भरतपुरमा प्रचण्डले उनको छोरीले जित्नै पर्ने दाबी गरेका छन् । त्यो मात्रै होइन उन्ले नजिते देशमा आपत स्थिति हुने जस्ता डर देखाएर जनतामा भ्रम सिर्जना गरेका छन् । प्रचण्डहरू सरकारमा मन्त्री प्रधानमन्त्री सबै भए पनि आफ्नो त्यो बन्दुके धुकधुकी वार्गेनिङ्गको त्यो पुरानो खेल खेल्न छाडेका छैनन् ।
बिपक्षका एमालेले पनि आफुले नजिते बुढापा पेन्सन बन्द हुने जस्ता गलत बिचारको प्रचार गरेको देखिन्छ । सुनिन्छ, जुन अराजनीतिक हो ।
यो पुंजिवादी बुर्जुवा ब्यवस्था भित्रको स्थानीय निर्वाचन भए पनि चुनावमा भागलिनेहरूले आफ्नो सक्ताको दुरूपयोग गरेका छन् । त्यो आचार संहिता बिपरित हो त्यसकारणले यी र यस्ता गलत प्रवृतिहरूमा अबिलम्बन रोक लगाउँनुपर्छ । जति जति चुनाव नजिकिंदै गएको छ उति जनतालाई सचेत गराउनुको साटो जनतामा भ्रम सिर्जना गरेर देशभित्र आतंक सिर्जित गरेर आफुले जित्ने प्रयात्न गर्दैछन् ।
निर्वाचन आयोगले बनाएको आचार संहितालाई उलंघन गरेर जनतालाई यसरी डर देखाउने धम्काउने र लोभ देखाएर उनीहरूको अमूल्य मतलाई आफ्नो पोल्टामा पार्ने दुस्साहस नै हो । लोकतन्त्रमा सबैलाई चुन्ने चुनिने र चुनावलाई बहिस्कार गर्ने समेत अधिकार हुन्छ । चुनावलाई व्यवसायको जगमा उभिएर प्रयोग गर्ने नगर्ने नागरिक अधिकारलाई धम्कि दिएर आफुले उनको मत लिनु भनेको अपराधनै हो । त्यसको घोर बिरोध गर्नुपर्छ । त्यस्तो कार्य जुनसुकैले गरेपनि गलत हो । यसबारे चुनाव आयोगको ध्यान अबिलम्ब जानुपर्छ र यस्तो कृयाकलापमा रोक लगाउनुपर्छ । यसरी भ्रम दिने लोभ देखाउनेहरूलाई कार्वाही गर्नुपर्छ । अहिले यो चुनावमा गठबन्धन भएको छ । गठबन्धन प्रतिगमन रोक्न कि बढाउन, जे होस्, त्यो गठबन्धनप्रति पनि सबै दलको इमानदारीता हुनुपर्छ यदि त्यसो हुंदैन भने देशले फेरी अर्को संकटको सामना गर्नुपर्नेछ । चुनावी प्रचार प्रसार गर्ने मित्रहरूले जनतालाई राम्रैगरि शिक्षित बनाउँ र मतदान गर्दा कसरी गर्ने भन्ने बारे सबैलाई सिकाउँ ।
यतिका धेरै उमेदवार भएको ठाउँमा कति निशानमा छाप लगाउने कुन पार्टीको कुन चिन्ह हो त्यसबारे पनि जनतालाई बुझाउनु पर्छ । खाली हामीलाई मत दिनुहोला भनेर कसैले मत दिंदैन । जनताहरूले पनि उमेदवारको मुल्याङ्कन गर्दैछन् ।
अहिले धेरै चिन्हहरू छन्, त्यसकारण उनीहरूलाई राम्रै गरि नबुझाए मतहरू धेरै बदर हुनसक्छन् । एक त देशका एक करोड जति जनता बिदेशमा छन्, उनिहरूको उपस्थिति बिना यो निर्वाचन एकप्रकारले अधुरो हुनेछ । उनिहरू जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने र नो भोटको विषयमा सर्वोच्चको फैसला समेतलाई अनदेखा गरिएर हुने निर्वाचन अधुरो निर्वाचन नै हो ।
आर्को जनतालाई यसरी भ्रम र डर देखाएर वा उनिहरूलाई लोभ देखाएर मतको माग गर्नु भनेको उनिहरूलाई धम्काएर उनिहरूको अधिकारलाई खोस्नु नै हो ।
खास गरेर यी सरकार पक्ष वा प्रतिपक्षमा भएका ठूला राजनीति दलहरूले लगातार जनताको अधिकारलाई कुन्ठित पार्ने र पानी धमुलेर माछा मार्न प्रयात्न गरेको भान हुन्छ । कसैले सहर भित्रै युवाहरूलाई रोजगार दिलाउने बिचारहरू पनि गरेका छन् तर उनिहरूले कुन श्रोतबाट रोजगार उपलब्द गराउने हुंन् त्यो खुलाएका छैनन् । यो गलत र युवाहरूको बुद्धी भुट्ने प्रयत्न बारे जनता जागरूक हुनैपर्छ । कसैले देशका युवाहरूलाई फ्रि पासपोर्ट फ्रि बिजा दिने भनेर उनिहरूलाई बिदेश पठाउने आशा देखाएर उनिहरूको मत लिने प्रयत्न गलत हथकण्डा हो । अनियमितता र भ्रष्टाचार नै हो । यो स्थानिय निर्वाचन भएकोले कण्डिडेटहरूले जनतामा आफुले गाउं र सहरको बिकासका लागि आएको रकम लाई सहि ठाउँमा लगाउने त्यसको दुरूपयोग नगर्ने प्रतिबद्धता जाहिर गर्नु त स्वाभाबिक हो तर यसरी युवाहरूलाई रोजगारको झुठ्ठा आसवासन दिएर वा उनलाई डर देखाएर धम्क्याएर गरिने निर्वाचन गणतन्त्र अन्तरगतको हुन सक्दैन । देशमा जनताले अमन चयन शान्ति सुब्यबस्था कायम राख्ने अखण्ड नेपाल र अखण्डित नेपालीको यथार्थ ब्यबहारलाई लागु गर्न चाहान्छन् । देशमा भित्र्याएको संघियता खारेज गरेर देशको खर्चमा कटौति गर्ने र बिदेशीहरूसँग असमान सन्धि र सम्झौतालाई यथाशीघ्र खारेज गर्ने जन चाहाना हो । अहिले कुनै भ्रमजालमा नपरि हाम्रो होइन, राम्रो उमेदवारलाई भोट दिएर देशका जनताले आफ्नो देशभक्तिको परिचय दिनेछन् भन्ने विश्वास गरौं ।