Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पैसा विदेशतिर

१९ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । म्याद नाघेका, बिग्रेका सामान बेच्ने थलो हो– बिगमार्ट, सेल्सबेरी, भाटभटेनी । राजस्व छल्न कर्मचारी सिकाउँछन्, नेताहरु संरक्षण गर्छन् । विदेशीले सकेजति पैसा विदेश लगिरहेका छन्, लगानी छैन, अनि सेतो, कालोधन सोहोर्दै विदेश लगेर थन्क्याउँछन्, नेपालमा देखिएको आर्थिक संकट यही हो ।
नेपालका व्यापारी विदेशमा लगानी गरिरहेछन्, विदेशमा पैसा थन्क्याइरहेका छन् । सरकारले ठूला व्यापारीलाई खरी घस्न सकेको छैन । नेपालमा कमाउने विदेशमा लगानी गर्ने ? लुकाएर राख्ने, सरकार कहाँ छ ?
महगी बढ्दो छ, अर्थतन्त्र चलायमान छैन । नेता, कर्मचारी, व्यापारीले अर्थतन्त्र चौपट पारिदिए । नेपालको अर्थतन्त्र डामाडोल भयो । अर्थमन्त्रीका अनुसार पैसा घरघरमा लुकाउँदा बैंक रित्तो भएको हो ।
अर्थतन्त्रमा खतराको घण्टी बजिसक्दा पनि सरकारले विज्ञहरुसँग छलफल गरेर निदानको उपाय नखोज्नु दुःखद हो भन्छन् अर्थविदहरु ।