Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

स्थापित, सिर्जना सिंह कि बालेन शाह

१९ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । काठमाडौं महानगरको मेयरमा एमालेका केशव स्थापित, नेपाली कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्र बालेन शाहबीच कडा टक्कर हुने भएको छ ।
हुन त राजधानीका जनतालाई भेडा भन्ने गणेश मान सिंहकी बुहारी नै कांगैेसबाट उमेदवार बनेकी छिन् । मुखफट खालका केशव स्थापितलाई एमालेले उठाएको छ । युवाहरुले बालेन शाहलाई जिताउने अभियान चलाएका छन् ।
निर्णय राजधानीका नागरिकका हातमा छ । राजधानीबासीले कसलाई जिताउने हुन्, यसै भन्न सकिदैन । तर विश्लेषकहरु भन्छन्– यो चुनावमा पनि विवेकले होइन, परम्परागत तरिकाले नै मतदान हुनेछ, प्रतिस्पर्धा सूर्य र रुख चिन्हकै बीचमा हुने देखिन्छ । सत्तारुढ गठबन्धनका कारणले गर्दा कांग्रेस कमजोर छैन ।
यसअघिको निर्वाचनमा विवेकशीलकी रञ्जु दर्शनाले २४ हजार भोट ल्याएकी थिइन् भने इन्जिनियर किशोर थापाले १८ हजार । यसपल्ट बालेन शाहले संख्या तोकेरै भनेका छन्– ९० हजार ८ सय ३५ मत ल्याएर मेयर जित्छु ।
कुन पार्टीको कुन व्यक्ति उमेदवार भन्ने आफ्नो ठाउँमा होला । राजधानीबासीले निर्णय गर्दा असभ्य, अराजक र अमानवीय उमेदवारलाई पन्छाउन सक्नुपर्ने हो । कसको क्षमता कति छ, कसले जनताको अपेक्षा पूर्ण गर्नसक्छ, को इमान र नैतिकवान छ भनेर राजधानीवासीले छुट्याएर मतदान गर्नुपर्ने हो । मतदाताले परम्परागत रुपमा मतदान गरे भने नातापाता, निकट, चिनेजानेको, लोभलालच, बाबुबाजेदेखि लागेको पार्टीका उमेदवारलाई नै छाने भने मानवीयता, सभ्यता, विवेक भन्ने सवाल फेरि एकपल्ट मर्नेछ । राजधानीले ज्यूँदो रहेको प्रमाण दिनसक्ला ? प्रतिक्षा चुनावको छ, परीक्षा चुनाव परीणामबाट देखिने छ ।