Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कस्तो लोकतन्त्र ?

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र गभर्नर महाप्रसादलाई बात लाग्यो, तिनको पद नै गयो । हो, अदालतले चोलेन्द्रबारे बहस चलाएको छैन, गभर्नरलाई काममा फर्काइदिएको छ ।
यी सभामुख अग्निप्रसाद सापकोटा हुन् । यिनीमाथि कर्तव्यज्यान मुद्दा छ । मुद्दा सर्वोच्च अदालतमै छ । कहिले पेशी चड्दैन, बहस हुँदैन, फैसला त परको कुरा भयो । यिनलाई चाहिं बात नलाग्नु भनेको ठूला पार्टीको नेता भएर हो ? लोकतन्त्र भनेको विधिको व्यवस्था, नैतिकता र आचरणले चल्ने भनिन्छ, यिनलाई कि चोख्याइदिनु, कि बात लगाएर हटाइदिनु । यो लोकतन्त्र कस्तो हो, बुझ्नै नसकिने लखनौंको भुलभुलैयाजस्तो पो भयो ।