Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

उद्योग खोल्ने एजेण्डा किन छैन ?

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - -
वर्षको २५ अर्वको गाडी किन्ने सरकारले ती गाडीमा चाहिने टायर आफ्नै देशमा निर्माण गरेर हाल्न सक्दैन । किन ? किन कि विदेशी टायर ट्यूव किनेपछि कमिशन खान पाइन्छ । मरमतमा पनि कमिशन आइरहन्छ । स्वदेशी उत्पादन उपयोग गरेपछि कमिशन खान पाइन्न, भ्रष्टाचार गर्न पाइन्न ।
यत्ति कारणले गर्दा सरकारले गोरखकाली रबर उद्योग बन्द गरिदियो । हजारौं श्रमिकले काम पाउँथे, कर उठ्थ्यो, स्वदेशी उद्योगको गौरव बच्थ्यो र उत्पादनको महत्व पनि रहन्थ्यो । कमिशनकै लागि सरकारले यति महत्वपूर्ण उद्योग बन्द गरेर भारतीय उद्योगको बजार बनाइरहेको छ देशलाई । सरकार देशभक्त सरकार रे ?
वि सं २०४२ मा स्थापित यो उद्योगले बर्सेनी ८४ हजार ठूला गाडीका र ४० हजार साना गाडीका लागि आवश्यक पर्ने टायर उत्पादन गथ्र्यो । आवश्यक परे अझ यसमा क्षमता बृद्धि गर्न सकिन्थ्यो । दक्षिण एसियामा राम्रो गुणस्तरीय टायर उत्पादन गर्न सकिन्थ्यो । सुरूका दिनमा यो उद्योगको टायरहरू श्रीलंका र थाइल्यान्डमा समेत निर्यात हुन गरेको थियो । भारतीय टायर कम्पनीहरूले षडयन्त्र गरे, नेपाली शासकहरूलाई घूस दिए, उद्योगमा हड्ताल गराए अनि उद्योग बन्द हुनपुग्यो ।
यो उद्योगबाट कुन पार्टीले लुटेन । अग्रगमन, धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रवादीहरू सबैले यो उद्योगलाई लुछ्नु लुछेपछि बन्द गराउने निर्णय गरे । जसरी राजधानी चोभारको हिमाल सिमेन्ट वातावरण प्रदूषणको नाममा बन्द गराइयो, त्यसैगरी यो रबर उद्योग पनि बन्द गराइयो । हुन त बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योग पनि यिनै लुटेराहरूले बन्द गराएका हुन् । राष्ट्रिय महत्वका ठुला ठूला २७ उद्योगहरू कौडीका दाममा निजीकरण गरियो । कतिपय बन्द भए, कतिपय भारतीयले किनेर लगे । नेपालीको रोजगारी हरियो, नेपालको राजस्व गुम्यो, नेपालको आत्मनिर्भरताको धरातल भाएिर गयो । लोकतन्त्र सफल भयो भनेर झ्याली पिट्छन् राजनीतिक कमिशन खन्चुवाहरू । देशको दुर्भाग्य के हो भने यति हुँदा पनि नेपाली जनजनमा चेतना छ, चेतनाले काम गरिरहेको छैन ।
नेपाल सरकार कर्मचारीको डे«स कोड लागू गरिरहेको छ । सेना, प्रहरी, सशस्त्रमा पनि डे«ेस कोड छ । स्कूलहरूमा पनि डे«सकोड लागू भएका छन् । तर नेपाली कपडा उद्योग, जुत्ता उद्योगहरू सञ्चालन गरेर स्वदेशी उत्पादनलाई महत्व दिने कुरा कुनै नेताले पनि सोच्दैनन् । नेता भ्रष्ट भएपछि कर्मचारीले कसरी सोच्ने ? नेपाल लोकतन्त्र होइन भ्रष्टाचारतन्त्रले परजीवी बन्दै गएको छ ।
सिक उद्योगहरू चलाऔं, नयाँ उद्योग खोलौं, स्वदेशमै रोजगारी सिर्जना गरौं । देश भनेको मात्र कमिशन र सेटिङ होइन । स्थानीय चुनावमा पार्टीहरू महाभारत गरिरहेका छन् । कुनै दलले उद्योग खोल्ने र रोजगारी सिर्जना गर्ने प्रत्याभूति दिएका छैनन् । योभन्दा गए गुज्रेको पार्टी राजनीति अरू के हुनसक्छ ?
कहिले आउँछ आत्मनिर्भरताको सोच ? यस्तो सरकारलाई नेपाली जनता लोकतान्त्रिक नेपाल भनिरहेका छन् । यो त विदेशी तन्त्रमय हुँदै गएको होइन र ?