Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

५ दलको सरकार, एयरपोर्टमा केको दरकार ?

०६ मंगलबार , बैशाख २०७९४ बर्ष अगाडि

अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीका लागि सूचना टाँसिएको छ– अन अराइभल भीसाका लागि नगर्दै २ सय डलर लिएर आउनु । ५ दलले एयरपोर्टमा पर्यटकको स्वागतका लागि गजवै गरेछ, आफ्नै इज्जतको धज्जी उडाएछ । यस्ताले विदेशी मुद्रा कमाउने व्यवस्थापन मिलाउँछ भनेर अझै पनि विश्वास गर्ने ?
जहाज आउँछ, पर्यटक आउँछन् । तिनको सेवाका लागि टेबुल खाली हुन्छ । कता भिसा लिने, कता पासपोर्टमा अराभल छाप लगाउने, हुनसम्मको सास्ती दिने गरिएको छ । यतिमात्र होइन, प्लेनबाट थाकेर ओर्लेका पर्यटक अथवा अन्य यात्रु आफ्नो ब्यागेजका लागि ३ घण्टासम्म कुर्नुपर्ने बाध्यता हुनेगरेको छ ।