विवेकीलाई बुद्धिमान भनिन्छ । नेपालमा बुद्धिजीवीको कमी छैन । तर बुद्धिजीवीहरुले दल, नेता, दूतावास, आइएनजीको मिसन बोक्नाले विवेकहीन बन्नपुगे । यहीकारण नेताहरु छाडा भए, भ्रष्ट बने ।
देशको शक्ति बन्नुपर्ने बुद्धिजीवी सत्रु बनेपछि देशमा झिंझाको बाहुबली चल्नु स्वभाविक हो । यतिबेला राजनीतिक सेटिङ् नामको बाहुबली शासन चलिरहेको छ ।
सत्य के हो, भ्रम के हो ? सही के हो, झूठ के हो ? विवेकी बुद्धिजीवी पार्टीको लाइनमा बोल्न थालेपछि जनताले, देशले दुःख पाउनु स्वभाविक हो । यही भइरहेको छ देशमा ।