Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यी हुन् किसानमारा : वाशु वाग्ले

२१ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

भारतबाट धुलो पाउडर ल्याएर दूध बनाएर बेच्ने दुग्धविकास संस्थानका जीएम गंगा तिमिल्सिना र कृषि सचिव उत्तम भट्टराई। कृषि मन्त्री त गृहमन्त्री वामदेव गौतम भइहाले, उनले ५० लाख नजराना लिएर गंगा तिमिल्सिनालाई जीएम नियुक्त गरेको चर्चा सेलाइसकेको छैन। लगानी गरेपछि उठाउनै पर्‍यो, गंगा लगानी उठाउन नेपाली किसान मारेर भारतीय व्यापारी पोस्दैछन्, आफू पकेट भर्दैछन्। क्या काइदा, फाइदै फाइदा। थप शुभलाभ गर्नका लागि यी जीएमले कृषकका दूध किनेर भारत निकासी गर्ने नयाँ प्लान बनाएका छन् र सचिवसँग मिलेर सरकारसँग अनुदान माग गरेका छन्। कृषक दूध बिक्री नभएर सडकमा पोखिरहेका छन्। मिल्क होलिडेको समाधान देउ भनेर दूध किसान चिच्याइरहेका छन्, गैंडाको छालाजसतो बनेको सरकार किसानको कुरा सुनिरहेको छैन। पानीको हाहाकार भएको देशमा दूधले सडक छताछुल्ल भइरहेको छ। तै पनि यो सरकारलाई कुनै लज्जाबोध भइरहेको देखिदैन।
सरकारमा बस्नेको नियतै खराव भएपछि कसको के लाग्छ? संस्थानले ९० प्रतिशत भ्याट छुटको माग पनि गरेको छ। अहिले पनि ५० प्रतिशत भ्याट छुट पाइरहेको छ। भूकम्पका कारण दूध र दुग्धजन्य पदार्थ खपत कम भएको जतिसुकै दावी गरे पनि यसमा विश्वास गर्न सकिन्न। खपत हुन्न भने भारतीय कम्पनीबाट धूलो दूध किन आयात भइरहेको छ। भन्नलाई भ्याट छुट पाए कृषकको दूध उठाउने र धूलो दूध उत्पादन गर्ने, कच्चा दूध भारततिर निकासी गर्न सकिन्छ भन्ने दोहोरो कुरा दूग्धविकास संस्थाका जीएम गंगा बताइरहेका छन्। मन्त्रालयले जीएमलाई कारवाही गर्न छाडेर एक महिनाभित्र कार्ययोजना पेश गर्न आदेश दिएको छ। मन्त्रालयले सरकारी कार्यालयमा खपत हुने अन्य कोल्ड ड्रिङ्कको साटो दुग्धविकास संस्थानका उत्पादन खपत बढाउन पनि अनुरोध गरेको छ।