Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

@AasthaNepali05 सामाजिक सञ्जालमा लेख्छिन्

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

– दलित महिला चुनाव लाड्ने भनेको दलित महिला सदस्य पदमा हो भन्ने विभेदकारी मानसिकता र राजनितिक दरिद्रता बदल्न चहान्छु । आउँदो बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको मेयर पदको उमेदवार बन्न चाहन्छु । तपाईंको अमूल्य सुझाव चाहन्छु ।
३३ प्रतिशत पु¥याउन पार्टीले सदस्य, उपमेयरजस्ता पदमा कोटा पु¥याउने गरेको छ । अध्यक्ष, मेयर, सांसदजस्ता पदमा उमेदवारी दिन टिकट नै दिने गरेको छैन ।
होनहार महिलाहरू हरेक पार्टीमा, स्वतन्त्र हैसियतका छन् । तिनलाई सुझाव, हौसला र समर्थनको खाँचो छ । के हो दलित भनेको ? पुरूष र महिलाबाहेक अर्को जाति छैन भन्ने सोच नेतामा, पार्टीमा स्थापित भएकै छैन । त्यसैले त जातिविशेष्मा कोटा प्रणाली लागू गरिएको छ । हरेक जाति, समाजका हरेक तह र तप्कामा महिला छन्, तिनीहरू राजनीतिमा आए भने नेतृत्व लिने सम्भाबना प्रवल छ । देशभित्र पन्पिएका अनेक विकृति र विसंगति, चरित्रहीनताको अन्त्य पनि महिलाको सवली र सशक्तिकरबाट मात्र सम्भव छ । त्यसैले यस पल्टको स्थानीय, प्रदेश र संघीय चुनावमा यस्ता समाजका लागि केही गरौं भन्ने महिलाहरूलाई अवसर दिनुपर्छ भन्ने आवाज उठ्न थालेको छ ।